काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही जेठ २८ गते बुटवलमा वार्षिक साधारणसभा गर्न लागेको हो । उक्त सभामार्फत गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू रहेको संस्थाले जानकारी दिएको छ ।