काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार ७८ दशमलव ७० विन्दुमा कायम रहेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय तीन दशमलव ४८ विन्दुुमा सीमित भएको छ । यस साता धितोपत्र बजारमा दुुई सय २९ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख २६ हजार एक सय २८ पटकको कारोबारमा एक करोड ७६ लाख ६१ हजार सात सय ३५ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम छ अर्ब २० करोड ३९ लाख १३ हजार दुई सय ६४ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा केही बढी हो । गत साता भने साता धितोपत्र बजारमा दुई सय २६ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख १२ हजार नौ सय ५८ पटकको कारोबारमा एक करोड ६१ लाख ७८ हजार एक सय ४४ कित्ता सेयर खरिदबिक्री हुँंदा कुल कारोबार रकम पाँच अर्ब ६९ करोड १७ लाख १४ हजार एक सय ७२ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पाँच कार्यदिन नै सेयर बजार परिसूचक लगातार ओरालो लागेको थियो । पहिलो कारोबार दिन बजार परिसूचक ५० दशमलव ३३ अंकले ओरालो लागेर दुुई हजार एक सय ७३ दशमलव ४४ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ३३ अंंकले ओरालो लागेर चार सय २२ दशमलव ७४ विन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन पनि बजार परिसूचक ३५ दशमलव ५३ अंकले ओरालो लागेर दुई हजार एक सय ९२ दशमलव ९२ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ११ अंंकले ओरालो लागेर चार सय १५ दशमलव ६३ विन्दुमा झरेको थियो ।
तेस्रो कारोबार दिन पनि बजार परिसूचक सात दशमलव १९ अंकले ओरालो लागेर दुई हजार एक सय ३० दशमलव ७३ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १६ अंंकले ओरालो लागेर चार सय १४ दशमलव ४७ विन्दुमा झरेको थियो । चौथो कारोबार दिन पनि बजार परिसूचक १८ दशमलव २६ अंकले ओरालो लागेर दुई हजार दुई सय १२ दशमलव ४७ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८१ अंंकले ओरालो लागेर चार सय १० दशमलव ६६ विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक ३३ दशमलव ७६ अंकले ओरालो लागेर दुई हजार ७८ दशमलव ७० विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव १८ अंंकले ओरालो लागेर चार सय तीन दशमलव ४७ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।