काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टरबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।
सम्झौतापश्चात् ग्राहकहरूले युरोपा फिटनेस सेन्टरमा उपलब्ध हुने फिटनेस सेवाहरूमा एकमुष्ट २५ प्रतिशतको छुट पाउन सक्नेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
ुरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय तीनवटा शाखा कार्यालयहरू, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।