काठमाडौं । चालु आर्थिक बर्ष समाप्तीको मिती नजिकिंदै गर्दा सेयर बजार भने उकालो लाग्न थालेकोे छ । सोही अनुसार साताको पहिलो कारोबार दिन आज आईतबार सेयर बजार परिसुचक ५७ दशमलव ६५ अंकले उकालो लागेर दुई हजार ८६ दशमलव ४२ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन १० दशमलव २१ अंकले उकालो लागेर तीन सय ९८ दशमलव ८२ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसअनुसार ४५ हजार एक सय २० पटकको कारोबारमा ६२ लाख २७ हजार छ सय ९२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब ४८ करोड चार लाख ७३ हजार नौं सय ९९ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।