काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता एवं सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार फरार प्रतिवादी वसन्त मोक्तान भन्ने नोर्साङ लामालाई आइतबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको हो ।
यम बहादुर खत्रीको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सिन्धुपाल्चोकको सुनखानी गाउँपालिका स्थायी घर भई हाल काठमाडौंको शंखमूल बस्दै आएका ३४ वर्षीय मोक्तानलाई पक्राउ गरी आइतबार नै थप अनुसन्धान तथा कारबाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता कोइरालाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका लामाविरुद्ध पाँच लाख रुपैयाँ बिगो छ ।