काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले सबैभन्दा प्रख्यात अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ । सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ । यस वर्ष विश्वभरका फुटबल फ्यानहरूसँग अविस्मरणीय अनुभव सिर्जना गर्न उक्त प्रतियोगिता यहीँ २१ नोभेम्बर, २०२२ देखि कतारमा आयोजना हुनेछ ।
यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरूसँग जोडिन अद्वितीय प्रवर्द्धनहरू सञ्चालन गर्नेछ । यसका साथै, भिभोले इमर्सिभ ग्राहक अनुभवहरू सिर्जना गर्दै ग्राउन्ड ब्रेकिङ स्मार्टफोन टेक्नोलोजीलाई अगाडि बढाएर अन्तर्राष्ट्रियस्तरमा वृद्धि गर्ने प्रयास गरिरहेको छ । साझेदारीको उत्साह व्यक्त गर्दै भिभो नेपालका सीईओ माइकलले फिफा विश्वकप २०२२ कतारसँगको यो सहकार्य भिभोका लागि निर्णायक क्षण भएको बताए । ‘सुन्दर खेल’ भनेर चिनिने फुटबलसँग उमेर, जात, लिङ्ग र संस्कृतिको बाबजुद विश्वभरका अर्बौँलाई आनन्द प्रदान गर्ने र एकसाथ ल्याउने सक्ने शक्ति रहेको उनको भनाइ छ ।
‘वास्तवमा, यसको साँच्चिकै विश्वव्यापी पहुँच छ – यसले विश्वभरका अर्बौँलाई प्रभाव पार्ने र प्रेरित गर्ने क्षमता राख्छ, जसले प्रतिष्ठित फिफा विश्वकप कतार २०२२ लाई भिभोका लागि एक आदर्श मञ्च बनाउँछ, किनकि हाम्रो विश्वका ६० भन्दा बढी देश र क्षेत्रहरूमा उपस्थिति रहेको छ’, उनले भने, ‘यो साझेदारीले खेलकुदलाई प्रवद्र्धन गर्ने हाम्रो अन्तर्निहित मूल्यलाई प्रतिविम्बित गर्दछ जसले लाखौँ मानिसहरूलाई आनन्दित तुल्याउँदै विश्वभरका उपभोक्ताहरूका लागि एक अद्वितीय अनुभव प्रदान गर्दछ ।’
दक्षिण एसियामा सुरुवात गरेदेखि नै, भिभोको ध्यान र प्रतिबद्धता स्थानीय ग्राहकहरूलाई उत्कृष्ट उत्पादन अनुभवहरू उपलब्ध गराउनमा रहेको छ । साथै भिभोको स्थानीयकृत उत्पादन र मार्केटिङ रणनीतिहरूले गर्दा बजार हिस्सामा द्रुत वृद्धि देखेको छ । भिभोले प्रयोगकर्ताहरूलाई केन्द्रित गर्दै अग्रगामी स्मार्टफोन प्रविधिहरू प्रदान गर्न निरन्तर जारी राख्ने जनाएको छ ।