काठमाडौं । नेपाली बजारमा दाहुवाको आधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सीसीटीभीहरु हालै आयात गरेको छ । कम्पनीले घर, अफिस, टोल—बस्ती, स्कुल कलेज, सपिङ्ग मल, हाउजिङ्ग, अपार्टमेन्ट तथा हाईवेका लागि उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरु उपलब्ध गराउने गरेको छ ।
नेपाली ग्राहकहरुको माग र रोजाइको आधारमा आयात गरिएका दाहुवाका उक्त क्यामरा उपयुक्त मात्रामा स्टकमा रहेको कम्पनीले जानकारी दिएको छ । हाल आयात गरिएका सीसीटीभीहरुमा अहिले बजारमा उपलब्ध भइरहेका भन्दा आधुनिक सेड्युल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सन/रिक्कनाइजेसन, पेरिमिटर डिटेक्सन गर्ने, नाइट कलर फ्युजन टेक्नोजोलीसहित आवाज रेकर्डिङ गर्नसक्ने विशेष सुविधाहरु रहेको कम्पनीको दाबी छ ।
त्यसैगरी मानिस तथा सवारीसाधनको आवतजावत तथा चहलपहल मात्र रेकडिङ्ग गर्ने फोर के रियल टाइम फिचर भएको, हाईवेहरुमा उपयुक्त हुने पीटीजेडलगायतका अटो नम्बर प्लेट डिटेक्सन, यातायातका साधनका मोडल र रंग पत्ता लगाउने भेहिकल मेटा डाटा, मानिसहरुले मास्क लगयत पनि अनुहार पत्ता लगाउने ह्युमन मेटा डाटा, तापक्रम पत्ता लगाउन सक्ने थर्मल क्यामराहरु आयात गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरुले माग गरेको अवस्थामा उनीहरुको आवश्यकता र सुविधाअनुसारका दाहुवाको सीसी क्यामराहरु उपलब्ध गराइने कम्पनीको भनाइ छ ।