काठमाडौं । दराजले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन गत आइतबार याक एण्ड यति होटल, काठमाडौंमा आयोजना गरेको छ ।
एक दिनको यो उक्त कार्यक्रममा आ–आफ्नो क्षेत्रका विज्ञहरुसहित तीन फरक प्यानलहरु रहेका थिए भने प्रमुख वक्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेय र एमओसीआईटीका सचिव डा वैकुण्ठ अर्याल, विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी रहेका थिए ।
दराज नेपालका प्रबन्धनिर्देशक आँचल कुँवरले दराजले कसरी कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको छ भन्नेबारेमा जानकारी गराएकी थिइन् । उनले दराज ‘परिवर्तनको एक सक्रिय च्यानल’ हुन खोजेको पनि बताएकी थिइन् । तीनवटा प्यानलले ‘नेपालमा परम्परागत कमर्सबाट ई–कमर्ससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एण्ड कमर्स फर डिजिटल इकोनोमी’ र ‘अपलिफ्टिङ कम्युनिटी थ्रु द पावर अफ डिजिटल कमर्स इन नेपाल’ विषयहरू समेटेका थिए ।
विगत चार वर्षमा दराजले नेपालमा सेवा प्रदान गर्दै आएको स्थानीयको माग पूरा गर्न भरपर्दो, उपयोगी र लोकप्रिय बजार स्थान बनाउन सफल भएको छ । १५ हजारभन्दा बढी बिक्रेताहरू, प्रतिमहिना १५ लाख सक्रिय एप प्रयोगकर्ताहरू र नेपालका १०१ सहरहरूमा डेलिभरीका साथ, दराजले द्रुत रूपमा ईकमर्स स्पेसमा क्रान्तिकारी परिवर्तन गरेको कम्पनीको दाबी छ ।