नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार आठ सय ४० जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।
योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या चार करोड ३६ लाख चार हजार तीन सय ९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार सात सय ७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
भारतमा पछिल्लो समयमा सक्रिय संक्रमितहरूको संख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो चार महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन् । सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या पाँच लाख २५ हजार तीन सय ४६ पुगेको छ । रासस/एएनआई