काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संंस्थाले बुद्धज्योति लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । प्राप्तिसम्बन्धी प्रयोजनको लागि मिर्मिरेले यही असार ३१ गते धुलिखेलको होटल सारथिमा विशेष साधारणसभाको आह्वान गरेको छ ।
उक्त सभामार्फत संस्थाले लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको बुद्धज्योति लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

यसैगरी सोही दिन नै बुद्धज्योतिले पनि विशेष साधारणसभाको आह्वान गरेको छ । संस्थाले पनि यही असार ३१ गते गते संस्थाको कार्यालय लुम्बिनीमा विशेष साधारणसभाको आह्वान गरेको छ । उक्त सभामार्फत संस्थाले मिर्मिरे लघुवित्तसँग प्राप्तिमा जाने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।