काठमाडौं । सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिसँगै सिम्बायोटिक्स एस ए, जेनेभा स्वीटरल्यान्डबाट तीन वर्षको लागि अक्षेरूपी दुई अर्ब ३७ करोड (अमेरिकी डलर एक करोड ८६ लाख)को वैदेशिक ऋण भित्र्याएको छ । देशमा तरलता अभाव रहेकोे अवस्थामा वैदेशिक ऋण भित्र्याउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने देखिन्छ ।
भित्र्याएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरूलाई ऋण विस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ । उक्त ऋण रकमले बैंकको तरलता केही हदसम्म मजबुद पार्न मदत गर्ने बैंकको विश्वास छ । सिम्बायोटिक्स एसएले सनराइज बैंकको वित्तीय सूचकांक, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकांकलाई समेत मध्यनजर गरी सो ऋण प्रदान गरेको जानकारी दिएको छ ।