काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र वायो डाइग्नोस्टिक प्याथ ल्याब नेपालबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
यो सम्झौतापश्चात् ग्राहकहरूले वायो डाइग्नोस्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्यसम्बन्धी सेवाहरूमा एकमुस्ट २५ प्रतिशतको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बायो डाइग्नोस्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाडौंको सुकेधाराबाट सेवाग्राहीहरूलाई ल्याबसम्बन्धी गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।
हालसम्म बैंकले एक सय तीनवटा शाखा कार्यालयहरू, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।