काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि बजार परिसुचक १२ दशमलव ९२ अंकले उकालो लागेर २१ सय ४० दशमलव ३९ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९१ अंकले उकालो लागेर चार सय नौं दशमलव ५३ बिन्दुमा चढेको छ ।
यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १६ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ३४ हजार नौं सय ६० पटकको कारोबारमा ५१ लाख ११ हजार तीन सय १० कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज दुई अर्ब १९ करोड १६ लाख १९ हजार नौं सय १४ रुपैंयाँँको सेयर कारोाबार भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहरुको कारोबार हुंदा तीन वटा समुहले गुमाएका छन् भने १० वटा समुहले कमाएका छन् ।