काठमाडौं, फागुन १३
छिमेकी राष्ट्र चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसका कारण विश्वबजारमा नेपालबाट हुुने हुुण्डी कारोबारको रेट घटेको छ । कोरोनाको संक्रमण फैलिनुुअघि प्रतिहजार हुुण्डीको कारोबारमा १० देखि ५० रुपैयाँसम्म लिने गरेको भए पनि अहिले यसको रेट घटेर बैंकको रेमिट्यान्स दरभन्दा पनि कम भएको स्रोतले बताएको छ ।
चीनबाट फैलिएको कोरोनाका संक्रमण अहिले चीनको विभिन्न सहरसहित, दक्षिण कोरिया, थाइल्याण्ड, हङकङ, जापान, सिंगापुर लगाययका राष्ट्रहरुमा फैलिएको छ । सोही कारण यी राष्ट्रहरुमा हुुने हुण्डी कारोबारको रेट पछिल्लो समय ह्वात्तै घटेको स्रोतको भनाइ छ । आफू विगत ४१ वर्षदेखि व्यापारमा संलग्न रहेको भए पनि अहिलेसम्म हुुण्डी रेट यसरी घटेको थाहा नभएको ती व्यापारीले बताए । हुुण्डीको रेट घट्दा व्यापारीहरुलाई भने फाइदा पुुगेको उनको भनाइ छ । नेपालमा वैदेशिक रोजगार, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, सुुनचाँदीको गैरकानुुनी कारोबार र एवं भारत, चीनलगायतका मुुलुकहरुबाट हुुने आयात र निर्यातमा अतिरिक्त लाभको लागि हुुण्डीमार्फत रकम भुक्तानी गरिन्छ ।
नेपाल राष्ट्र बैंकले हुुण्डीको कारोबारलाई गैरकानुुनी माने पनि अहिलेसम्म यो नियन्त्रणमा आउनसकेको छैन । अहिले हुुण्डी रेट घटेपछि भने यस्तो कारोबार अझै फैलिन सक्ने स्रोत बताउँछ । ‘नेपालबाट चीन र खाडी मुुलुकमा ठूलो मात्रामा हुण्डीको कारोबार हुुने गरे पनि कोरानाकै कारण चीन हुुने हुण्डीको कारोबार भने अहिले पूर्णरुपमा रोकिएको छ’, स्रोत भन्छ ।
नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा र वैधानिक माध्यमबाहेक अन्य माध्यमबाट नेपालबाट विदेशमा रकम पठाउन सकिँदैन । यस्तो रकम हुुण्डीको माध्यमबाट पठाउने गरिएको छ । तर कोरोना संक्रमण फैलिएका कारण हुुण्डीको रेट घट्दा यस्तो कारोबारले अझै प्रोत्साहन पाउन सक्नेछ । अहिले मलेसिया, दुुवई, कतार, लगायतका राष्ट्रहरुमा हुुण्डी गर्नको लागि त्यही नै बस्ने केही नेपालीहरु संलग्न रहेको र उनीहरुले बजार मूल्यभन्दा कम दरमा मुुद्रा सटही समेतको कार्य गर्ने गरेको स्रोतले बताएको छ ।