काठमाडौं । साना किसान लघुत्ति वित्तीय संस्थाले आर्थिक बर्ष २०७८–०७९ मा ७० करोड ८३ लाख २९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ६० करोड ३१ लाख ११ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा १६ अर्ब ३० करोड ४३ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ३१ करोड १५ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ३४ करोड ७३ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले १३ अर्ब नौ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८८ करोड २४ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २१ करोड ७३ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।