काठमाडौं । समृद्धि फाइनान्सले हेटौडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले हेटौडा उमनपा वडा न.१ मा रहेको श्री अमर माध्यमिक विद्यालय, काठमाडौंको महाराजगञ्जमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालय र बुटवल वडा न.११ मा रहेको मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरेको थियो ।
यस कार्यक्रमअन्तर्गत दुई सय ७० जना विद्यार्थीहरूलाई एक हजार तीन सय ५० थान कापी र दुई सय ७० थान पेन वितरण भएको यस संस्थाका कामु प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् । फाइनान्सले श्रावण २५ गते नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय र पोखरा वडा न. २१ मा रहेको बयाली आधारभूत विद्यालयमा पनि शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको जनाएको छ ।
फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खाताहरू समेत सञ्चालनमा ल्याएको छ । समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।
फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।