काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार ६८ दशमलव २६ विन्दुमा कायम रहेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय दशमलव आठ विन्दुमा सीमित भएको छ ।
यस साता धितोपत्र बजारमा दुुई सय २७ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ९२ हजार चार सय ७७ पटकको कारोबारमा दुई करोड ५५ लाख ९१ हजार एक सय २३ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १० अर्ब ५० करोड ५० लाख ७३ हजार आठ सय ८० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले कम हो ।
गत भने धितोपत्र बजारमा दुई सय २३ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख सात हजार चार सय ७३ पटकको कारोबारमा तीन करोड दुई लाख १९ हजार चार सय ५३ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १२ अर्ब चार करोड २० लाख ९८ हजार नौ सय ७७ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबारकक्ष पाँच कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये दोस्रो र पाँचौँ दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने पहिलो, तेस्रो र चौथो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो । छैटौँ कारोबार दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
जसमध्ये पहिलो कारोबार दिन बजार परिसूचक २७ दशमलव ९२ अंकले ओरालो लागेर दुई हजार १० दशमलव ९२ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७६ अंकले ओरालो लागेर तीन सय ८६ दशमलव ९० विन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक ५५ दशमलव ८८ अंकले उकालो लागेर दुई हजार ६५ दशमलव ८९ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २३ अंकले उकालो लागेर तीन सय ९८ दशमलव १३ विन्दुमा चढेको थियो ।
तेस्रो कारोबार दिन भने बजार परिसूचक २४ दशमलव ८३ अंकले ओरालो लागेर दुई हजार ४१ दशमलव छ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७५ अंकले ओरालो लागेर तीन सय ९४ दशमलव ३९ विन्दुमा झरेको थियो । चौथो कारोबार दिन पनि बजार परिसूचक शून्य दशमलव ३६ अंकले ओरालो लागेर दुई हजार ४० दशमलव ७० विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २८ विन्दुले उकालो लागेर तीन सय ९४ दशमलव ६७ विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक २७ दशमलव ५६ अंकले उकालोे लागेर दुई हजार ६८ दशमलव २६ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ४१ विन्दुले उकालो लागेर चार सय दशमलव आठ विन्दुमा चढेको थियो । छैटौँ कारोबार दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।