काठमाडौं । आईएमई पे र दराजबीच ‘दराज वालेट डे’को निम्ति सम्झौता भएको छ । सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरी व्यवस्था मिलाइएको छ ।
प्रयोगकर्ताहरुलाई हरेक बुधबार आईएमई पे एपको १० प्रतिशत छुट पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिनेछ । यसअघि पनि आईएमई पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु र यसै ‘दराज वालेट डे’को पहिलो संस्करण पनि छ ।
दराज नेपाल र आईएमई पेबीच फागुन १३ गते आईएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।