काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिस्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच कुमारी क्यापिटलकातर्फबाट पुष्प शर्मा र अभियान लघुवित्त वित्तीय संस्थाको तर्फबाट रोशन कुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।
अभियान लघुवित्तले सातवटै प्रदेशका २१ जिल्लामा रहेको ६० वटा शाखामार्फत लघुवित्त सेवा पदान गर्दै आएको छ । राष्ट्रियस्तरको अभियान लघुवित्तले सर्वसाधारणलाई सेयर जारी गरेपश्चात् चुक्ता पुँजी २५ करोड रूपैयाँ पु-याएको छ ।