काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहक सदस्यहरू र संस्थाको बीचमा सुमधुर सम्बन्ध निरन्तर कायम राखिराख्न टेवा पुग्ने अभिप्रायले सम्पूर्ण अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख तथा फिल्ड कर्मचारीहरूलाई समेटी तीन सय ५० जना कर्मचारीहरूलाई भर्च्युअल माध्यमबाट ग्राहक संरक्षणका सिद्धान्तहरूसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सम्पूर्ण कर्मचारीहरूलाई उच्च मनोबलका साथ ग्राहक सदस्यलाई सर्वोपरी मानी ग्राहक संरक्षणको सिद्धान्तहरू अनुसरण गर्दै आफ्ना दैनिक कामकार्वाहीहरू नियमितरूपमा गर्नको लागि निर्देशन दिए । सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले देशका ३४ जिल्लाहरूमा ७५ शाखा कार्यालयहरूमार्फत करिब ७१ हजार घरपरिवारमा लघुवित्तीय सेवाहरूलगायत गैरवित्तीय सेवाहरू समेत प्रदान गर्दै आइरहेको छ ।