काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार २२ दशमलव ६२ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९१ दशमलव ७४ विन्दुमा सीमित भएको छ । यस साता धितोपत्र बजारमा दुई सय २३ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ९६ हजार एक सय ७३ पटकको कारोबारमा दुई करोड ६१ लाख दुई हजार चार सय ४७ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम नौ अर्ब ६४ करोड ५३ लाख ९७ हजार सात सय ५५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय २७ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ९२ हजार चार सय ७७ पटकको कारोबारमा दुई करोड ५५ लाख ९१ हजार एक सय २३ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १० अर्ब ५० करोड ५० लाख ७३ हजार आठ सय ८० रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष छ कार्यदिन नै खुला रहेको थियो । जसमध्ये तेस्रो र चौथो दिन सेयरबजार परिसूचक उकालो लागेको थियो भने पहिलो, दोस्रो, पाँचौँ र छैटौँ दिन सेयरबजार परिसूचक ओरालो लागेको थियो ।
जसमध्ये पहिलो कारोबार दिन बजार परिसूचक सात दशमलव ७२ अंकले ओरालो लागेर दुई हजार ६० दशमलव ५५ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४९ अंकले ओरालो लागेर तीन सय ९८ दशमलव ५८ विन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन पनि बजार परिसूचक सात दशमलव ४१ अंकले ओरालो लागेर दुई हजार ५३ दशमलव १३ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले ओरालो लागेर तीन सय ९७ दशमलव ११ विन्दुमा झरेको थियो ।
तेस्रो कारोवार दिन भने बजार परिसूचक एक दशमलव ८५ अंकले उकालो लागेर दुई हजार ५४ दशमलव ९८ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५८ अंकले उकालो लागेर तीन सय ९७ दशमलव ६९ विन्दुमा चढेको थियो । चौथो कारोबार दिन पनि बजार परिसूचक दुई दशमलव ८६ अंकले उकालो लागेर दुई हजार ५७ दशमलव ८४ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव छ विन्दुले उकालो लागेर तीन सय ९८ दशमलव २९ विन्दुमा चढेको थियो ।
पाँचौँ कारोबार दिन भने बजार परिसूचक १८ दशमलव २९ अंकले ओरालो लागेर दुई हजार ३९ दशमलव ५५ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७८ विन्दुले ओरालो लागेर तीन सय ९४ दशमलव ५१ विन्दुमा झरेको थियो । छैटौँ कारोबार दिन पनि बजार परिसूचक १६ दशमलव ९३ अंकले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७७ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ७४ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।