काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन एक दशमलव ६७ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार पुन एक दशमलव ६७ अंकले ओरालो लागेर १९ सय ७० दशमलव ६२ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७४ अंकले ओरालो लागेर तीन सय ८३ दशमलव २० अंंकमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट १३ हजार तीन सय नौं पटकको कारोबारमा १८ लाख एक हजार दुई सय ७३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ६९ करोड ८८ लाख पाँच हजार नौं सय ५१ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहहरुको कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक उकालो लागेका छन् भने १० वटा समुहहरुको सुचक ओरालो लागेका छन् ।