काठमाण्डौँ,फागुन १५
यो साता सेयर बजार परिसूचक १६ सय ३२ दशमलव १७ अंकमा पुगेर रोकिएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ४७ दशमलव ६८ अंकमा पुुगेर रोकिएको छ । यो साता धितोपत्र बजारमा एक सय ८० कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार चार करोड ४९ लाख ४४ हजार एक सय १३ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम १८ अर्ब ६२ करोड ६६ लाख २२ हजार चार सय ९९ रूपैयाँको कारोबार भएको छ । कारोबार रकम गत साताको तुुलनामा झण्डै छ अर्ब रूपैयाँले बढी हो । गत साता भने धितोपत्र बजारमा एक सय ७८ कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार एक लाख तीन हजार पाँच सय दुुई वटा कारोबारमा दुुई करोड ५३ लाख ३३ हजार पाँच सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ११ अर्ब २० करोड ५४ लाख ६४ हजार चार सय ७४ रूपैयाँ पुुगेको थियो ।
यो साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । सोमध्ये पहिलो, तेस्रो, चौथो र पाँचौँ दिन सेयर बजार उकालो लागेको थियो भने दोस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो । यो साता पहिलो दिन बजार परिसूचक ६९ दशमलव ५६ अंकले उकालो लागेर १५ सय चार दशमलव १४ अंकमा चढेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव सात अंकले उकालो लागेर तीन सय १७ दशमलव ५० अंकमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक एक दशमलव २६ अंकले ओरालो लागेर १५ सय दुुई दशमलव १८ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ४९ अंकले उकालो लागेर तीन सय १८ अंकमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक उकालो लागेको थियो । उक्त दिन बजार परिसूचक ४३ दशमलव दुुई अंकले उकालो लागेर १५ सय ४५ दशमलव १९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव आठ दशमलव ५७ अंकले उकालो लागेर तीन सय २६ दशमलव ५६ अंकमा चढेको थियो । चौंथो दिन पनि बजार परिसूचक ५० दशमलव ९३ अंकले उकालो लागेर १५ सय ९६ दशमलव १३ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ४९ अंकले उकालो लागेर तीन सय ३६ दशमलव पाँच अंकमा चढेको थियो ।
अन्तिम कारोबार दिन पनि बजार परिसूचक ३६ दशमलव पाँच अंकले उकालो लागेर १६ सय ३२ दशमलव १७ अंकमा चढेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ६३ अंकले उकालो लागेर तीन सय ४७ दशमलव ६८ अंकमा चढेको थियो । यस साता बढी रकम कारोबार गर्ने नेपाल इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, हिमालयन डिष्ट्रिलरी प्र्रालि आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने यस साता नेपाल बैंक, प्रभुु बैंक, एनएमबी बैंकलगायतका कम्पनीहरू परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । नेप्सेका अनुसार यो साता हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको छ भने गुराँस लघुुवित्त वित्तीय संस्था र चिलिमे हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।