काठमाडौं,‘राष्ट्रियता, प्रजातन्त्र र उदारवाद’ भन्ने मूल नारासहित ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानुसरह हो’ भन्ने नारालाई आत्मसात् गर्र्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला क्षेत्र नं ४, प्रदेश ‘क’ले चुनाव प्रचारप्रसारको लागि सम्पर्क कार्यालय स्थापना गरेको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि चुनाव प्रचारप्रसारसम्बन्धी गतिविधिहरू सञ्चालनको लागि सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको काठमाडौं जिल्ला क्षेत्र नं ४, प्रदेश सभा ‘क’का उम्मेदवार रिद्धि प्रताव जबराले बताए ।
काठमाडौं जिल्ला क्षेत्र नं ४, प्रदेश नं ‘क’मा आफू र प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा डा. ठाकुर मोहन श्रेष्ठ रहेको राणाले बताए । काठमाडौं महानगरपालिका वडा नं ७ मा रहेको सोही सम्पर्क कार्यालयबाट नै आफूहरुले निर्वाचन आयोगले जारी गरेका सबै आचारसंहिताहरूको अक्षरंश पालना गरेर चुनावकेन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने राणाले बताए ।