काठमाडौं । दुईपाङ्ग्रे सवारीसाधनमा साना बाल–बालिकालाई असुरक्षित तवरले नचढाउन सम्बन्धित चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।
तीव्र गतिमा गुडेका दुईपाङ्ग्रे सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुनेगरेको र त्यसमा सवार बालबालिकाहरू उल्लिखित रूपमा दुर्घटनाको सिकार हुने क्रम बढ्दोरूपमा रहेकाले दुर्घटना न्यूनीकरणका लागि अनुरोध गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।
सुरक्षित तवरले सवारीसाधन सञ्चालन गर्दै दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा ट्राफिक प्रहरीको रहेको उनको भनाइ छ ।