काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ६६ लाख २२ हजार एक रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा तीन करोड ६२ लाख दुई हजार आठ सय ८२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी ९० करोड ३४ लाख २८ हजार ७० रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा छ अर्ब १२ करोड ७९ लाख ९० हजार सात सय ६९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७० करोड ८४ लाख ५९ हजार एक सय छ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौं करोड ७५ हजार पाँच सय १२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ८४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ११ लाख चार हजार ९७ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले छ अर्ब छ करोड ४५ लाख ९३ हजार तीन सय १२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८२ करोड ४२ लाख ३७ हजार एक सय ३३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ५१ लाख ७५ हजार नौ सय २६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९४ प्रतिशत रहेको थियो ।