काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच सम्झौता भएको छ । एनसीसी बैंकका ग्राहकहरूले दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौताअनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगर्कताहरूलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरूलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट प्राप्त गर्नसक्ने बैंक जनाएको छ । यो योजना कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागूू हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी एक सय ५६ वटा शाखा १५ एक्स्टेन्सन काउन्टर र एक सय ३७ वटा एटीएम सञ्चालन गरी ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।