काठमाडौं । नेपालकै पहिलो होम इन्सपेक्सन कम्पनी स्किल सेवाले गरेको स्टार्टअप सेमिनार सम्पन्न भएको छ । नेपालको सन्दर्भमा स्टार्टअपको विगतको अवस्था, वर्तमान अवस्था, आगामी भविष्य सम्बन्धमा भएको सेमिनारमा व्यवसाय गर्न चाहने युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
शनिबार र आइतबार दुई आयोजित सेमिनारमा कम्पनीका सस्ंथापकद्वय रामशरण विक्रम थापा र महेश तिमिल्सिनाले स्टार्टअप सुरु गर्ने तरिका र चनुौतीबारे सहजीकरण गरेका थिए भने सस्ंथापक तथा कम्पनीका प्रबन्धक रमेश तिमिल्सिनाले नेपालको सन्दर्भमा स्टार्ट भएर पनि सफल हुन नसकेका कम्पनीहरुको केस स्टडी प्रस्तुत गरेका थिए ।