काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड, कमलादी, काठमाडौंको ‘ग्लोबल आईएमई डिबेन्चर २०८४/८५’ पाँच अर्बबराबरको डिबेन्चर ११ दशमलव २५ प्रतिशत ब्याजसहित पाँच वर्षको लागि निष्काशन गर्न सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि ग्लोबल आईएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच ग्लोबल आईएमई बैंक लि., कमलादी, काठमाडौंमा डिबेन्चर सेयर निष्काशन गर्ने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।