काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ८२ लाख ६४ हजार छ सय ३६ रूपैँया खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच करोड ५८ लाख ४४ हजार सात सय ४७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५३ करोड १२ लाख पाँच हजार तीन सय ८८ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब ७७ करोड ७८ लाख चार हजार एक सय ९२ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ९५ करोड ४८ लाख ९८ हजार एक सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड ६१ लाख ६१ हजार छ सय ४६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।