काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर १२ गते अर्थात् सोमबार पुनः १६ अर्ब ६३ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही मंसिर १ गते पनि राष्ट्र बैंकले १४ अर्ब ७० करोड २३ लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मंसिर १३ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरीहरु क्रमशः ९१ दिने अवधिको तीन अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँबराबरको रहेको छ । जसमध्ये ९१ दिनेको २०७९ फागुन १६ गते, एक सय ८२ दिने अवधिको २०८० जेठ २ गते र तीन सय ६४ दिने अवधिको २०८० मंसिर १२ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार सो दिन बिक्री भएका ती ट्रेजरी बिलहरुमा सात अर्ब ५० करोड रुपैयाँबराबरको नयाँ रहेको छ भने बाँकी तीन अर्ब १३ करोड र छ अर्ब रुपैयाँ बराबरको भने पुरानो नवीकरणअन्तर्गतको रहेको छ ।