काठमाडौं, फागुन २५
वेलकम एडभरटाइजिङ एण्ड मार्केटिङ्ग प्रालिले मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेलसँग शुभकामना आदानप्रदान गरी होली मनाएको छ । साथै कोरोना भाइरसले परेको मनोसामाजिक असरले गर्दा यसपालि मास्क लगाएर होली मनाइएको हो । मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेलले आफ्नो मातृभूमिमा हराइरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन जोड दिइन् ।
उक्त अवसरमा एडमायर नेपालकी अध्यक्ष निता पौडेलले गजुरेललाई यस सामाजिक संस्थाको मानार्थ सदस्यता प्रदान गरेकी थिइन् । वेलकमका सञ्चालक निर्मलराज पौडेलले होलीको शुभकामना दिँदै नेपालीलाई कोरोना भाइरसबाट डराउनको साटो विज्ञद्वारा दिएको सल्लाह मानेर आफू र आप्mनो परिवारलाई सुरक्षित राखेर अरुलाई पनि सहायता गर्दै २०७६ को होली ‘मास्क होली’ बनाउन सल्लाह र सुझाव दिए ।