काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ‘न्यानो स्पेसल अफर’ सञ्चालनमा ल्याएको छ । कम्पनीले यसवर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरूको लागि हिली राइडको सफर वीथ प्रभु क्यापिटलको न्यानो अफर भन्ने स्लोगनसहित यो निःशुल्क डिम्याट स्किम ल्याएको हो ।
कम्पनीका अनुसार यो योजना यही १ पुस २०७९ बाट ३० चैत्र, २०७९ सम्म लागू हुनेछ । जसमा ग्राहकले एक वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर प्राप्त गर्नेछन् । यस योजनाको ज्यादै आकर्षण पक्ष क्यापिटलले योजना अवधिभर खाता खोल्ने ग्राहकलाई दिने अतिरिक्त सुविधा हो जसमा लोटरीबाट १० जना भाग्यशाली बिजेताको छनोट गरिनेछ जसले आजीवन निःशुल्क डिम्याट पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गोसाइँकुण्ड हिली राइड जित्नेछन् ।
पुँजी बजारमा नयाँ लगानीकर्ता भित्र्याउने तथा सक्रियरूपमा पुँजीबजारमा लाग्न पे्ररित गर्ने उद्देश्यले ल्याएको यो योजनामा देश विदेशमा रहने नेपालीहरूले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाइन डिम्याट गरी भिडियो केवाईसीसहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । जसमा व्यक्तिले अनलाइन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनोट गरी आफूअनुकूल समयमा समय लिई तुरुन्तै अनलाइन डिम्याट खाताको सुविधा पाउनेछन् ।
प्रभु क्यापिटल लिमिटेड नेपाली पुँजी बजारमा भिडियो केवाईसीमार्फत तुरुन्तै डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी हो जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरूलाई फरक ढंगबाट सेवा प्रदान गर्दै आइरहेको छ ।