काठमाडौं । कृषि बिकास बैंक लिमिटेड बैंक सञ्चालक समितिबाट बैंक सञ्चालक समितिको अध्यक्ष पदमा रमेश दुवाडी नियुक्ति भएका छन् । नवनियुक्त अध्यक्ष विभिन्न संघ/संस्थाको सञ्चालक समितिमा सदस्य रही कार्य गरेको अनुभव समेत रहेको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष शपथग्रहण गराउनुपर्ने प्रावधानअनुसार अध्यक्ष दुवाडीलाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा गर्भनर महाप्रसाद अधिकारीले शपथग्रहण गराए ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ति प्रसाद सापकोटा, कृषि विकास बैंक लि.का सञ्चालक समिति सदस्य डा. इन्दिरा मास्के श्रेष्ठ, विनोद कुमार गुरांगाई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेतको उपस्थित थियो ।