काठमाडौं । गैरआवासीय नेपाली संघले विश्व साइकलयात्री ज्ञान महर्जनलाई विश्व भ्रमणको लागि साइकल हस्तान्तरण गरेको छ ।
संघका कार्यकारी अध्यक्ष रविना थापा र एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव एवं आईसीसी सदस्य प्रदिप न्यौपानेले संयुक्त रुपमा महर्जनलाई साइकल हस्तान्तरण गरेका हुन् । उक्त साइकल संघको पहल र एनसीसी चीनको सहयोगमा प्रदान गरिएको हो ।
कार्यक्रममा विश्व साइकलयात्री महर्जनले ग्लोबल वार्मिङ क्याम्पेनका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्य लिएर सन् २०१३ मा चीनको ग्रेटवाल देखि साइकल यात्रा सुरु गरेर हालसम्म १५ वटा मुलुकमा यात्रा गरेको जानकारी दिए । यस्तै आगामी जनवरी १५ देखि एसियाका विभिन्न मुलुकका साथै युरोपको भ्रमण गर्न लागेको उनले जानकारी दिए ।