काठमाडौं । स्मिरनफ भोड्का नेपालमै उत्पादन हुने भएको छ । भोड्का ‘स्मिरनफ’ हालसालै एक कार्यक्रमका बीच नेपाल लिकर्स प्रालिले नेपालमा सार्वजनिक गरेको छ ।
कम्पनीका अध्यक्ष राजेश वीर सिंह तुलाधरका अनुसार तीनपटक डिस्टिल र १० पटक फिल्टर गरिएको सो भोड्का नेपालमै उत्पादन सुरु भएर बजारीकरण हुँदै छ । विराटनगरस्थित कारखानामा स्मिरनपको उत्पादन सुरु गरिएको उनले जानकारी दिए । स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी छन् । नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले एन्टिक्यटुी ब्लू ह्विस्की, सिग्नेचर प्रिमियर/रेयर ह्विस्की, मिस्टर डोवेल नम्बर १ लक्जरी ह्विस्की, ब्लूरिब्यान्ड जिनलगायत बजारमा बिक्री गर्दै आएको जनाएको छ । यो पटक भने संसारकै नम्बर एक भोड्का स्मिरनफको उत्पादन र वितरण प्रारम्भ गरेको कम्पनीको दाबी छ । विश्वका करिब एक सय ३० भन्दा बढी राष्ट्रहरूमा बिक्री हुने स्मिरनफ भोड्का नेपालमा ७५०, ३७५, र १८० मिलि पाइनेछ । यसको मूल्य क्रमशः दुई हजार दुई सय रुपैयाँ, एक हजार एक सय रुपैयाँ र पाँच सय ५० रुपैयाँ मूल्यमा उपलब्ध छ ।