काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले बिहीबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । सभाले बैंकको हाल कायम रहेको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार आठ सय ३१ रूपैयाँमध्येबाट १२ दशमलव ५० प्रतिशतले हुने एक अर्ब ५६ करोड ५५ लाख ५३ हजार तीन सय ५४ रूपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशतले हुनआउने आठ करोड २३ लाख ९७ हजार पाँच सय ४५ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।