काठमाडौं । यससाता सेयर बजार परिसूचक दुई हजार एक सय ४९ दशमलव ३९ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ११ दशमलव २५ विन्दुमा सीमित हुन पुगेको छ । यससाता धितोपत्र बजारमा दुई सय ५९ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ४३ हजार ८८ पटकको कारोबारमा छ करोड ४१ लाख चार हजार एक सय पाँच कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २३ अर्ब ९१ करोड छ लाख ८१ हजार एक सय ५८ रूपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै पाँच अर्ब रूपैयाँले बढी हो । गतसाता भने धितोपत्र बजारमा दुई सय ६१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार दुई लाख ९३ हजार चार सय ९६ पटकको कारोबारमा चार करोड ८६ लाख ९० हजार छ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १९ अर्ब ९७ लाख ३९ हजार सात सय ७२ रूपैयाँ पुगेको थियो । यससाता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो तेस्रो दिन र पाँचौँ दिन बजार परिसूचक ओरालो लागेको थियो । चौथो दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । पहिलो कारोबार दिन बजार परिसूचक २० दशमलव ६८ अंकले उकालो लागेर दुई हजार एक ६४ दशमलव ६१ विन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने चार सय ११ दशमलव २३ विन्दुमा स्थिर रहेको थियो । दोस्रो कारोबार दिन पनि बजार परिसूचक ४७ दशमलव १५ अंकले उकालो लागेर दुई हजार दुई सय ११ दशमलव ७६ विन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६८ अंकले उकालो लागेर चार सय १९ दशमलव ९१ विन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक २१ दशमलव ३४ अंकले ओरालो लागेर दुई हजार एक सय ९० दशमलव ४२ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७७ अंकले ओरालो लागेर चार सय १९ दशमलव १४ विन्दुमा झरेकोे थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक ४१ दशमलव चार अंकले ओरालो लागेर दुई हजार एक सय ४९ दशमलव ३९ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८९ विन्दुले ओरालो लागेर चार सय ११ दशमलव २५ झरेको चढेको थियो । यससाता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।