काठमाडौं, फागुन २९
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँंमा एमडीआरटी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लिडरहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरू माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा चार सयभन्दा बडी सक्रिय सिटिजन लिडरहरूको उपस्थिति थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालले ‘एमडीआरटी’ के हो, यसको प्रक्रिया, आवश्यकता र लाभहरूको बारेमा प्रकाश पार्दै सिटिजन लिडरहरूलाई प्रेरित गराएका थिए । यसका साथै उनले ‘एमडीआरटी’को लागि योग्य हुन आवश्यक कुराहरूमा जोड दिए । सोही कार्यक्रममा ‘एमडीआरटी’मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरूलाई तथा ‘एमडीआरटी’को लक्ष्य लिएएका सिटिजन लिडरहरूलाई सम्मान पनि गरिएको थियो ।
समापनको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउँदै ‘एमडीआरटी’ जस्ता कार्यक्रमले व्यावसायिक क्षमता वृद्धिमा अझ सहयोग पुग्ने बताए । उनले आगामी दिनहरूमा बीमामा आबद्ध भई उच्च सम्मान र ऊर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरूलाई प्रेरित गरे ।