काठमाडौं, सेयर बजार परिसुचक उकालो लागेको छ । सार्वजनिक बिदाकाकारण दुई दिन लगातार बन्द रहेको नेपाल स्कट एक्सचेन्ज लिमिटेडको नियमित कारोबार कक्ष मंगलबारबाट खुल्ला भएकोमा बजार परिसुचक ३२ दशमलव ७२ अंकले उकालो लागेर २१ सय ८२ दशमलव ११ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५८ अंकले उकालो लागेर चार सय १५ दशमलव ८३ बिन्दुमा पुगेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय ५० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ६३ हजार चार सय ३० पटकको कारोबारमा एक करोड १८ लाख ८३ हजार दुई सय ८७ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम तीन अर्ब ७२ करोड ४७ लाख ९४ हजार पाँच सय ८७ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा किनबेच कारोबार भएका कुल उपसमुहहरु मध्ये बाँणिज्य बैंक उपसमुहको सुुचक चार दशमलव ४५ अंकले ओरालो लागेर १४ सय दुई दशमलव ३७ बिन्दुमा झरेको छ । यि बाहेकका बाँकी उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।