काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ३२ दशमलव ७२ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन नौं दशमलव एक अंकले ओरालो लागेर दुई हजार एक सय ७३ दशमलव १० बिन्दुमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले ओरालो लागेर चार सय १३ दशमलव ९० बिन्दुमा झरेको छ । आज १३ वटा उपससमुहहरु अन्तर्गत दुई सय ४८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ६९ हजार छ सय ३७ पटकको कारोबारमा एक करोड ३३ लाख चार हजार एक सय ४० कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा आज कुल सेयर कारोबार रकम चार अर्ब ९२ करोड ८७ लाख १४ हजार छ सय दुई रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसुमहहरुको सुचक उकालो लागेका छन भने १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।