सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जबाट दुई जना सिकारीलाई पक्राउ गरिएको छ । निकुञ्ज क्षेत्रको शेर्पा मध्यवर्ती सामुदायिक वनबाट पासो र गुलेलीसहित थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका ३९ वर्षिय गोरे तामाङ र सन्तोष तामाङलाई चौरीखर्क रेन्जपोष्टको टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट दुई थान गुलेली, वन्यजन्तु मार्नका लागि बाँसबाट बनाइएको पासो पाँच थान, खुकरी दुई थान, पासोको लागि बनाइएको लठ्ठी पाँच थान जफत गरिएको छ । बुंगा खोला पावर हाउस नजिकबाट उनीहरुलाई पक्राउ गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज पाण्डेले जानकारी दिए । उनीहरुलाई नाम्चे ल्याएर थप अनुसन्धान भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।