काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार छायादेवी कम्प्लेक्समा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी प्रस्ताव पारित गरेको छ । साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय, व्यय हिसाब, इक्युटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूसहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम कम्पनी रजिस्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एन्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्ट्स (वर्तमान लेखापरीक्षक)लाई गरिएको नियुक्ति अनुमोदन गरेको छ । सभाले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव जबराको नियुक्ति अनुमोदन गरेको छ । साथै स्वतन्त्र सञ्चालक श्रीमान् कार्कीको नियुक्ति अनुमोदन गरेको छ ।