काठमाडौं, चैत २
युनाइटेड इर्दी मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले १० करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीका अनुसार सर्वसाधारणको लागि छुट्याइएको ४२ करोड रुपैयाँ बराबरको सेयरमध्ये आयोजना प्रभावित क्षेत्र कास्कीका जनताको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १० लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागिएको हो ।
अधिकृत पुँजी ६० करोड तथा जारी पुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी ३१ करोड ५० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित क्षेत्रका जनतालाई सेयर बिक्री गरेपश्चात भने कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपैयाँ नै पुग्ने छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्फत यही चैत १० गतेबाट खुल्ला हुने साधारण सेयरको बिक्री कार्य छिटो चैत २४ गते र ढिलोमा वैशाख ९ गते बन्द हुनेछ । कम्पनीका अनुसार सर्वसााधरणहरुले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।