काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल बुधबारदेखि १७ वर्षमा प्रवेश गरेको छ । अल्का अस्पताल २०६३ फागुन ३ गतेदेखि सञ्चालनमा आएको थियो ।
वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले बुधबार आफ्ना सबै सेवाहरुमा ३० प्रतिशत छुट दिएको थियो । अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले बिरामीहरुको उपचारमा कुनै पनि कन्जुस्याइँ नगर्ने बताए । आगामी दिनमा अस्पताल स्तरोन्नति र सेवा विस्तार आफूहरुको प्रमुख प्राथमिकतामा रहेको उनको भनाइ थियो । अल्का अस्पतालले नयाँ–नयाँ प्रविधि भित्र्याएर बिरामीलाई सेवा दिँदै आइरहेको छ । टेष्ट ट्युब बेबी सेवा, प्रसूति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटुरोग, नशा, बाथ रोग, यौन तथा छालारोग, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा, नाक, कान, घाँटी, दाँत रोग, युरोलोजिस्ट, कलेजो रोग, एनेस्थेसिया लगायतका विशेषज्ञबाट अस्पतालले बिरामीलाई सेवा दिइरहेको छ । अल्का अस्पतालमा सुविधा सम्पन्न ल्याव र आफ्नै नसिर्ङ कलेज छ । वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।