काठमाडौं, चैत २ नेको इन्सुरेन्स लिमिटेडले सामूहिक दुर्घटना बीमाबापतको रकम हस्तान्तरण गरेको छ । उक्त कम्पनी र ग्लोबल आईएमई बैंकबीच भएको सामूहिक दुर्घटना बीमा सम्झौताअनुसार ग्लोबल आईएमई बैंकका कर्मचारी सुरेश पाण्डेको दुर्घटनामा परी मृत्यु भएको हुँदा उनले पाउने दुर्घटना बीमाबापत क्षतिपूर्ति रकम १५ लाख रुपैयाँबराबरको चेक नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काद्धारा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीलाई उक्त चेक हस्तान्तरण गरिएको हो ।