काठमाडौं, चैत २
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई रकम सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षामा महिलाको पहुँच तथा महिलाको स्वास्थ्यलाई ध्यानमा राखी विद्यालयको शौचालय निर्माणकोे लागि पाँच लाख रुपैयाँ सहयोग गरेको बैंकले जानकारी दिएको छ । बैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकले हाल आफ्ना ९३ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङ एकाइहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले ग्राहकलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमावित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेसिनमार्फत सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।