काठमाडौं,नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्रले एमालेलाई छाडेर कांग्रेसका उम्मेदवारलाई समर्थन गरे प्रचण्डलाई पाचँ बर्षनै प्रधानमन्त्री दिन सकिने संक्रते गरेको छ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले संचारमाध्यमसँग कुरा गर्दा त्यही किसिमको मनोसाय प्रस्तुत गरेका थिए । माओवादी केन्द्रका केहि नेताहरुले एमालेलाई राष्ट्रपति दिन नसकिने कुरा गरेपछि केपी ओली प्रचण्डसँग रुष्ट भएको समाचार स्रोतहरुले बताएका छन् ।