नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरेका छन् । रुसी आक्रमण जारी रहेकै बीच अमेरिकी राष्ट्रपति बाइडेन किभ पुगेको एजेन्सीहरुले जनाएका छन् ।
सो क्रममा समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग उनले हतियार आपूर्ति बढाउने वाचा गरेका छन् । ह्वाइट हाउस पुलले जनाएअनुसार उनले सो प्रतिबद्धता जनाएर किभबाट फिर्ता भएका छन् । राष्ट्रपति बाइडेनको किभ भ्रमण एक्कासि आयोजना भएकाले यसले राजनीतिक तरंग थपेको छ ।
पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वर्षगाँठ अघि राष्ट्रपति बाइडेनद्वारा गरिएको किभ भ्रमणलाई राजनीतिक एवं कूटनीतिकरूपमा विशेष चासोको रूपमा हेरिएको छ ।