काठमाडौँ । नेता झलनाथ खनाल बंगलादेश प्रस्थान गरेका छन् । उनी बिहीबार मध्यान्ह बंगलादेश एयरलाइन्समार्फत बंगलादेशको राजधानी ढाका प्रस्थान गरेका हुन् ।
बंगलादेश सार्क हुमेन राइट्स फाउन्टेसनको आयोजनमा बिहीबार हुन गइरहेको अन्तराष्ट्रिय मापदण्डको बंलादेशमा मानव अधिकारको अवस्था नामक सम्मेलनमा खनाल प्रमुख अतिथिको रुपमा सहभागी हुन त्यसतर्फ गएका हुन् । खनालसँग उनकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा, केन्द्रीय सदस्य ताज मुहम्मद मिँया गएका छन् ।
शुक्रबार बंलादेशकी प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यतालिका खनालले बनाएका छन् । गतसाता मात्रै खनाल भारत भ्रमण गरेर फर्किएका थिए ।